गोर्खा ब्रुअरीलाई 'पेसागत सुरक्षा अवार्ड'

कम्पनीले कार्यस्थलमा उच्चस्तरीय सुरक्षा मापदण्ड अपनाउँदै कर्मचारीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिएको भन्दै सम्मान गरिएको हो ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

'Occupational Safety Award' to Gorkha Brewery

काठमाडौँ — गोर्खा ब्रुअरी प्रालिले कार्यस्थल सुरक्षा र श्रमिक कल्याणप्रति देखाएको प्रतिबद्धताको सम्मानस्वरूप 'गण्डकी प्रदेश पेसागत सुरक्षा अवार्ड' पाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायिक सुरक्षा विभागले दिएको उक्त पुरस्कार शुक्रबार श्रममन्त्री शरतसिंह भण्डारीले प्रदान गरेका हुन् ।

कम्पनीले कार्यस्थलमा उच्चस्तरीय सुरक्षा मापदण्ड अपनाउँदै कर्मचारीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिएको भन्दै सम्मान गरिएको हो । सुरक्षा पहिलो प्राथमिकता रहेको र सधैं रहने गोर्खा ब्रुअरीका पिपल एण्ड कल्चर निर्देशक दिपेशमान श्रेष्ठले बताए ।

'यो सम्मानले हाम्रो टोलीले निरन्तर सुरक्षित, स्वस्थ र उत्पादक कार्य वातावरण निर्माण गर्न गरेको प्रयासलाई पुष्टि गरेको छ । शून्य दुर्घटनामुखी संस्कृतिलाई हामी दैनिक कार्यशैलीको हिस्सा बनाएका छौं ,' उनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully