जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

सम्झौताअनुसार बैंकका ग्राहक र कर्मचारीले आइफोन, म्याकबुक र एक्सेसरिजमा विशेष छुट पाउनेछन्, साथै किस्ताबन्दी सुविधा पनि उपलब्ध हुनेछ।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

Special discount deal between Joy Store and Prabhu Bank

काठमाडौँ — काठमाडौंको न्युरोडस्थित जोय स्टोर र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरुदत्त शर्मा र प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले आइफोन, म्याकबुक र यसका एक्सेसरिजमा छुट पाउने भएका छन् । क्रेडिट कार्ड होल्डरहरूलाई किस्ताबन्दी सुविधा पनि दिइने जनाइएको छ ।

कान्तिपुर

Link copied successfully