ब्रिटिस कलेजमा बीएससी (अन्स) डाटा साइन्स कार्यक्रम

ब्रिटिस एजुकेसन ग्रुपका अध्यक्ष उपेन्द्र कँडेल र कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले कार्यक्रमको सुरुवात गरे ।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

BSc (Hons) Data Science Program at British College

काठमाडौँ — ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको ब्रिटिश इन्टरनेसनल कलेजले बेलायतको प्रतिष्ठित किल विश्वविद्यालयसँगको सहकार्यमा नेफालमा बीएससी (अन्स) डाटा साइन्स कार्यक्रम सुरु गरेको छ ।

काठमाडौंको होटल मेरियटमा आयोजित समारोहमा यो कार्यत्रम सुरु भएको हो । यसले नेपालको शैक्षिक र प्रविधि क्षेक्रमा नयाँ युगको सुरुवात गरेको कलेजले जनाएको छ ।

कार्यत्रममा शिक्षा, प्रविधि, व्यवसाय, कूटनीति तथा सरकारी उच्च अधिकारीहरू, शैक्षिक विज्ञहरू, उद्यमीहरू र आकांक्षी पेसाकर्मीहरूको बाक्लो उपस्थिति थियो । ब्रिटिस एजुकेसन ग्रुपका अध्यक्ष उपेन्द्र कँडेल र कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले कार्यक्रमको सुरुवात गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully