कम्पनीको पुँजी ६० करोडमा १० करोड थप गरी ७० करोड पुर्याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
काठमाडौँ — फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख रुपैयाँको सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ। कम्पनीको पहिलो साधारणसभाले उक्त निर्णय गरेको हो।
फेदीखोलाको थुमलुङमा निर्माण भइरहेको ४.३ मेगावाटको जलविद्युत् आयोजना आगामी पुस अन्तिमसम्ममा सम्पन्न गर्ने कम्पनीले जनाएको छ।
आयोजनाको निर्माणका लागि ९४ करोड लाग्ने अनुमान गरिएकोमा २०८१ साउन १५ गतेको बाढीका कारण ४ करोड लागत वृद्धि भई कुल लागत ९८ करोड पुग्ने कम्पनीले जानकारी दिएको छ। कुल लागतको ४९ प्रतिशत अर्थात् ४८ करोड स्वपुँजी र बाँकी ५१ प्रतिशत अर्थात् ५० करोड राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिइएको छ।
साधारणसभाले कम्पनीको पुँजी ६० करोडमा १० करोड थप गरी ७० करोड पुर्याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
सेयर जारी गर्ने अधिकार सञ्चालक समितिलाई दिइएको छ। कम्पनीको नियमावलीअनुसार ५ जना सञ्चालक रहनेमा आगामी कार्यकाल ४ वर्षका लागि संस्थापक (क) समूहबाट चन्द्रप्रसाद वास्तोला, प्रकाशचन्द्र दुलाल र कविता अधिकारीलाई चयन गरिएको छ।
