ईपीएलसँग कान्तिपुरको सहकार्य, सहकार्यको केन्द्रमा युनिलिभरको हेयर केयर ब्रान्ड क्लियर

यस्ता सहकार्यले खेलकुदको शक्ति समुदायलाई एकताबद्ध गर्न र आत्मविश्वास जगाउन महत्त्वपूर्ण भूमिका खेल्ने अनि युनिलिभरको विश्वासलाई प्रतिविम्बित गर्ने विज्ञप्तिमा जनाइएको छ ।

श्रावण २९, २०८२

कान्तिपुर संवाददाता

Kantipur's collaboration with EPL, Unilever's hair care brand Clear at the center of the collaboration

What you should know

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपले इङ्लिस प्रिमियर लिग (ईपीएल) सँग सहकार्य घोषणा गरेको छ ।

यस सहकार्यको केन्द्रमा युनिलिभर नेपालको प्रमुख हेयर केयर ब्रान्ड क्लियर रहने सम्झौतासमेत गरिएको छ । ईपीएलसँगको यो साझेदारीमार्फत अब नेपाली दर्शकले पनि क्लियरको शक्तिलाई कान्तिपुर मिडिया ग्रुपका टेलिभिजन तथा डिजिटल प्लेटफर्महरूमा प्रत्यक्ष महसुस गर्न सक्ने जनाइएको छ ।  

यो साझेदारी युनिलिभरको विश्वव्यापी फुटबलप्रतिको प्रतिबद्धता र उपभोक्तासँग विश्वस्तरीय अनुभवमार्फत अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने लक्ष्यको प्रतिविम्ब रहेको कम्पनीले बताएको छ ।

‘युनिलिभरले विश्वभर फुटबलसँग लामो समयदेखि सहकार्य गर्दै आएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसको पर्सनल केयर डिभिजन सन् २०२७ सम्मका लागि फिफाको आधिकारिक ग्लोबल पार्टनर रहनेछ, जसमा सन् २०२६ को फिफा वर्ल्ड कपसमेत समावेश छ । यसले यूईएफए युरोपियन च्याम्पियनसिप २०२४ र आउँदो यूईएफए युरोपियन वुमेन्स च्याम्पियनसिप २०२५ जस्ता ठूला प्रतियोगितामा पनि सक्रिय भूमिका खेलेको छ ।’

यस्ता सहकार्यले खेलकुदको शक्ति समुदायलाई एकताबद्ध गर्न र आत्मविश्वास जगाउन महत्त्वपूर्ण भूमिका खेल्ने अनि युनिलिभरको विश्वासलाई प्रतिविम्बित गर्ने विज्ञप्तिमा जनाइएको छ ।

‘फुटबल केवल एक खेल मात्र नभई एक साझा भावना हो, जसले सिमाना नाघेर मानिसहरूलाई जोड्छ,’ युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले भने, ‘कान्तिपुर म्याक्ससँगको यस सहकार्यमार्फत हामी नेपाली दर्शकका लागि इङ्लिस प्रिमियर लिगको रोमाञ्च ल्याउन पाउँदा गर्व गर्छौं ।’

कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले युनिलिभर नेपाल र क्लियरसँग मिलेर नेपाली दर्शकका लागि विश्वस्तरीय फुटबल मनोरञ्जन ल्याउन पाउँदा आफूहरूलाई उत्साहित तुल्याएको जनाए ।

‘यो साझेदारी हाम्रो उच्चस्तरीय कन्टेन्ट उत्पादनप्रतिको प्रतिबद्धता र खेलप्रेमी दर्शकका लागि अविस्मरणीय अनुभव सिर्जना गर्ने उद्देश्यको प्रमाण हो,’ उनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully