एसियन थाई फुड्सको आईपीओ निष्कासन प्रबन्धकमा हिमालयन सेक्युरिटिज 

सम्झौतामा एसियन थाई फुड्स लिमिटेडका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुभासबहादुर श्रेष्ठले हस्ताक्षर गरे ।

श्रावण २९, २०८२

कान्तिपुर संवाददाता

Himalayan Securities on IPO Issue Manager of Asian Thai Foods

काठमाडौँ — एसियन थाई फुड्स लिमिटेडले आफ्नो आगामी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को निष्कासन प्रबन्धकका रूपमा काम गर्न हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडसँग रणनीतिक सम्झौता घोषणा गरेको छ ।

सम्झौतामा एसियन थाई फुड्स लिमिटेडका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुभासबहादुर श्रेष्ठले हस्ताक्षर गरे । यो साझेदारीले एसियन थाई फुड्सलाई सार्वजनिक बजारमा प्रवेश गर्न तथा विस्तारका लागि सहयोग पुर्‍याउने जनाइएको छ ।

विराटनगर र तौलिहवामा अत्याधुनिक उत्पादन एकाइसहित एसियन थाई फुड्सले आफ्ना उच्च गुणस्तरका उत्पादन ३० भन्दा बढी देशमा निर्यात गर्दै आएको बताइएको छ । ‘हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडसँगको यस सम्झौताले हाम्रो विकास यात्रामा एउटा रोमाञ्चक अध्यायको सुरुवात गरेको छ ।

पुँजी बजारमा उहाँहरूको विशेषज्ञताले आईपीओ प्रक्रियालाई सहज बनाउनेछ,’ एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले भने, ‘जसले हामीलाई नवप्रवर्तन र विश्वव्यापी पहुँचमा थप लगानी गर्न मद्दत गर्नेछ ।’

कान्तिपुर संवाददाता

Link copied successfully