स्माइल ट्रेनले विश्वभरका बालबालिकालाई निःशुल्क क्लेफ्ट शल्यक्रिया र हेरचाह गर्न स्थानीय चिकित्सकलाई तालिम, कोष र आपूर्ति प्रदान गर्दछ ।
काठमाडौँ — मिस नेपाल सौन्दर्य प्रतियोगिताको आयोजक द हिडन ट्रेजरसँग बर्जर पेन्ट्सले सहकार्य गरेको छ ।
द हिडन ट्रेजरले यस वर्षको कार्यक्रममा ‘मिस कोस्मो’ को सुरुवातसमेत गरिएको जनाएको छ । मिस कोस्मोसँगको सहकार्यले नेपालमा विश्वको सबैभन्दा ठूलो क्लेफ्ट (ओठ–तालु फुटेका) केन्द्रित संस्था स्माइल ट्रेनसँग एक प्रमुख अन्तर्राष्ट्रिय पहल भित्रिएको दाबी गरिएको छ ।
स्माइल ट्रेनले विश्वभरका बालबालिकालाई निःशुल्क क्लेफ्ट शल्यक्रिया र हेरचाह गर्न स्थानीय चिकित्सकलाई तालिम, कोष र आपूर्ति प्रदान गर्दछ ।
बर्जर पेन्ट्सले मिस कोस्मोसँगको सहकार्यले सुरक्षित र किफायती क्लेफ्ट उपचारबारेमा जागरुकता जगाउने लक्ष्य राखेको छ, यसले हजारौं बालबालिकाको आत्मविश्वास बढाउने दाबी गरिएको छ ।
बर्जर पेन्ट्सले द हिडन ट्रेजर तथा मिस कोस्मोसँग सहकार्य गरी मानसिक आत्मसन्तुष्टि तथा खुसी प्रदान गरेको जनाइएको छ ।
