लेमिनार टायल्सका निर्देशक श्याम खेतानले देशभर १ सयभन्दा बढी विशेष सोरुम स्थापना गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए ।
काठमाडौँ — लेमिनार टायल्सले काठमाडौंमा आफ्नो विशेष डिलर सोरुम सञ्चालनमा ल्याएको छ । काठमाडौंको थलीस्थित सुपर सप्लायर्सलाई आधिकारिक डिलरका रूपमा नियुक्त गरी लेमिनार टायल्सको सोरुम उद्घाटन गरिएको हो ।
लेमिनार टायल्सका निर्देशक श्याम खेतानले देशभर १ सयभन्दा बढी विशेष सोरुम स्थापना गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए । अर्का निर्देशक आशुतोष खेतानले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बेयरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अन्य टायल्सभन्दा बढी रहेको बताए ।
बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा अवस्थित अत्याधुनिक युरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ । कम्पनीले ५ सयभन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ ।
