रिसोर्टमा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा उक्त छुट सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
काठमाडौँ — एनआईसी एसिया बैंकका सेवाग्राहीलाई माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पामा विशेष छुट दिने सम्झौता भएको छ । पोखरास्थित उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाइनेछ ।
रिसोर्टमा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा उक्त छुट सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । छुट लिन सेवाग्राहीले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पासँगको सहकार्यले बैंकका ग्राहकलाई छुट सुविधासँगै मुलुकको डिजिटल भुक्तानी सेवा प्रवर्द्धनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
