लेमिनार टायल्सको नयाँ डिलर शोरूम काठमाडौंको थलीमा

बर्दियाको गुलरियामा १२.५ बिगाहामा रहेको उत्पादन केन्द्रमा लेमिनार टायल्सले ५०० भन्दा बढी डिजाइनका टायल्स उत्पादन गरिरहेको छ।

श्रावण २७, २०८२

कान्तिपुर संवाददाता

New Dealer Showroom of Laminar Tiles in Thali, Kathmandu

काठमाडौँ — लेमिनार टायल्सले काठमाडौंमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। काठमाडौंको थलीस्थित सुपर सप्लायर्सलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सको शोरूम उद्घाटन गरिएको हो।

लेमिनार टायल्सका निर्देशक श्याम खेतानले, लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए। अर्का निर्देशक आशुतोष खेतानले, लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बेयरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अन्य टायल्सभन्दा बढिरहेको बताए।

बर्दियाको गुलरियामा १२.५ बिगाहा क्षेत्रफलमा अवस्थित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ। कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ।

यी टायल्सहरू पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ छन्।

कान्तिपुर

Link copied successfully