एनआईसी एसिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा छुट   

माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा सेवा लिँदा बैंकको कार्ड वा मोबैंक एप प्रयोग गरी छुट सुविधा लिन सकिनेछ ।

श्रावण २७, २०८२

कान्तिपुर संवाददाता

Discount at Mountain Glory Forest Resort for NIC Asia Bank customers

काठमाडौँ — एनआईसी एसिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पामा विशेष छुट उपलब्ध गराउने गरी सम्झौता भएको छ । पोखरास्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाइनेछ । 

रिसोर्टमा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिादा उक्त छुट सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । छुट सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । 

माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पासँगको सहकार्यले बैंकका ग्राहकलाई छुट सुविधसँगै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

कान्तिपुर

Link copied successfully