सुरु भयो मेगा मनसुन सर्भिस क्याम्प

क्याम्पले पिकअप ट्रक, इलेक्ट्रिक भ्यान, मिनी ट्रकदेखि हेभी कमर्सियल गाडीसम्मका सबै फोटोन सवारीसाधनलाई समेट्ने कम्पनीको दाबी छ ।

श्रावण २६, २०८२

कान्तिपुर संवाददाता

Mega Monsoon Service Camp started

काठमाडौँ — फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस क्याम्प सुरु गरेको छ । फोटोन सवारी धनीलाई वर्षायामका चुनौतीपूर्ण परिस्थितिका लागि सवारीलाई तयारी अवस्थामा राख्न सहयोग गर्नु र सुरक्षा एवं उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्न क्याम्प गरिएको कम्पनीले जनाएको छ ।

क्याम्पले पिकअप ट्रक, इलेक्ट्रिक भ्यान, मिनी ट्रकदेखि हेभी कमर्सियल गाडीसम्मका सबै फोटोन सवारीसाधनलाई समेट्ने कम्पनीको दाबी छ । सहभागीहरूले क्याम्प अवधिभर स्पेयर पार्ट्स्, सर्भिस चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशतसम्म छुटको फाइदा लिन सक्नेछन् ।

प्याकेजमा निःशुल्क सवारी वास र ग्रिजिङ सेवासमेत समावेश छ, जुन वर्षायामको हिलो सडकमा विशेष लाभदायक हुने बताइएको छ । ग्राहकका लागि निःशुल्क आँखाको स्वास्थ्य परीक्षण पनि उपलब्ध हुनेछ, जसले सवारीसाधन मात्र होइन, चालकको सम्पूर्ण स्वास्थ्यप्रति पनि फोटोनको प्रतिबद्धतालाई मजबुत बनाउने कम्पनीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully