प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका स्वचालित सवारीसाधनका मोडल, रोबोटिक सहायक, विभिन्न एनिमेसन अनुभवलगायतको प्रदर्शनी गरिएको थियो ।
काठमाडौँ — इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमी, काठमाडौंको सहकार्यमा तीनदिने प्रविधि महोत्सव ‘फ्युचरामा २०२५’ गरेको छ ।
सूचना प्रविधिको गतिशील संसारमा नयाँ पुस्तालाई अघि बढाउने भन्दै साउन २१ देखि २३ सम्म कलेज परिसरमा आयोजित प्रदर्शनीले नेपाली युवाको प्रविधिमैत्री सोच, सिर्जनशीलता र प्रयोगात्मक सीपलाई उजागर गरेको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका स्वचालित सवारीसाधनका मोडल, रोबोटिक सहायक, विभिन्न एनिमेसन अनुभवलगायतको प्रदर्शनी गरिएको थियो ।
कार्यक्रममा डिजिटल सुरक्षादेखि कृत्रिम बौद्धिकता (एआई) सम्मका विषयमा अन्तर्क्रियात्मक बुथ, प्रत्यक्ष प्रस्तुति र कार्यशाला राखिएको कलेजले जनाएको छ । प्रविधिमा रुचि राख्ने युवालाई प्रयोगात्मक सिकाइको अवसर दिनु प्रदर्शनीको उद्देश्य रहेको कलेजले बताएको छ । तीन दिनमा ३ हजार ५ सयभन्दा बढी युवाले प्रदर्शनी अवलोकन गरेको कलेजको भनाइ छ ।
