१० हजार बढीले अवलोकन गरे सिर्जनशील उद्यमी मेला

महिलाहरूलाई सीपमा दक्ष बनाउँदै उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्नु र प्रविधिमैत्री वातावरण सिर्जना गरेर महिलालाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ मेला आयोजना गरिएको थियो ।

श्रावण २५, २०८२

कान्तिपुर संवाददाता

More than 10,000 people watched the Creative Entrepreneurs Fair

काठमाडौँ — उद्यमी महिला तथा युवाहरूलाई व्यवसायमा प्रोत्साहन गर्ने उद्देश्यले महिला सिर्जनशील केन्द्र आयोजना गरेको महिला उद्यमी मेलामा १० हजार भन्दा धेरैले अवलोकन गरेका छन् ।

बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा आयोजित यस मेलाको उद्योगमन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गरेका थिए । मेलाको आज अन्तिम दिन हो । 

महिला सिर्जनशील केन्द्रकी अध्यक्ष मिलु थापाले महिलाहरूलाई सीपमा दक्ष बनाउँदै उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्नु र प्रविधिमैत्री वातावरण सिर्जना गरेर महिलालाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ मेला आयोजना गरिएको बताइन् । 

मेलामा लत्ताकपडा, कस्मेटिक, चुरा–पोते, गरगहनाका अलवा विभिन्न परिकारलगायतका सामग्रीहरू राखिएका छन् । 

कान्तिपुर

Link copied successfully