डीएभी कर्पोरेट फुटसल प्रतियोगितामा डिस होम विजयी 

डिस होमले १ लाख नगद, ट्रफी र मेडल जित्दै काठमाडौंमा सम्पन्न प्रतियोगितामा शीर्ष स्थान हासिल गर्‍यो।

श्रावण २३, २०८२

कान्तिपुर संवाददाता

Dis Home Wins DAV Corporate Futsal Tournament

काठमाडौँ — डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्सेज सोसाइटी नेपालको संयुक्त आयोजनामा सम्पन्न दोस्रो संस्करणको डीएभी कर्पोरेट फुटसल प्रतियोगिता २०२५ मा डिस होम प्रालि विजयी भएको छ । अगस्ट २ मा सम्पन्न फाइनल खेलमा डिस होमले कोड हिमालय प्रालिलाई रोमाञ्चक प्रतिस्पर्धामा पराजित गर्दै च्याम्पियन बनेको हो।

जितसँगै डिस होमले  १ लाख नगद, ट्रफी र मेडल प्राप्त गर्‍यो। उपविजेता बनेको कोड हिमालयले ५५ हजार, ट्रफी र मेडल जित्यो। प्रतियोगिता जुलाई ३० देखि अगस्ट २ सम्म काठमाडौंमा सञ्चालन भएको थियो । जहाँ बैंकिङ, बीमा, आईटी, अटोमोबाइल, उत्पादन र व्यापार क्षेत्रबाट ३२ कर्पोरेट टोलीहरूले सहभागिता जनाएका थिए।

खेलकुदमार्फत उद्योग र शैक्षिक क्षेत्रलाई जोड्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले समूह भावना, व्यावसायिक सञ्जाल र स्वस्थ जीवनशैली प्रवर्द्धनमा टेवा पुर्‍याएको आयोजकहरूले जनाएका छन्।

डिस होम टोलीले उत्कृष्ट समन्वय र रणनीतिक खेल प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो। विजेता टोलीलाई डी.ए.भी. बिजनेस स्कुलका अध्यक्ष अनिल केडिया र आयोजक प्रतिनिधिहरूले पुरस्कृत गरेका थिए।

कान्तिपुर

Link copied successfully