विदेश अध्ययनका लागि काठमाडौंमा शैक्षिक मेला हुँदै

अगस्ट १२ मा एजुकेसन ट्री ग्लोबलद्वारा आयोजना हुने शैक्षिक मेलामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालयको सहभागिता हुनेछ ।

श्रावण २३, २०८२

कान्तिपुर संवाददाता

An educational fair is being held in Kathmandu for study abroad

काठमाडौँ — विदेशमा अध्ययन गर्ने सोच बनाइरहेका नेपाली विद्यार्थीका लागि आगामी १२ अगस्ट २०२५ (मंगलबार) काठमाडौंमा शैक्षिक मेला आयोजना हुँदैछ। एजुकेसन ट्री ग्लोबलद्वारा आयोजित अन्तर्राष्ट्रियस्तरको मेला कमलपोखरीस्थित सिटी सेन्टरको पाँचौं तल्लामा हुनेछ।

विद्यार्थी र अभिभावकका लागि निःशुल्क प्रवेश खुलाइएको यो मेला नेपालमा पहिलोपटक यति विस्तृत र विश्वसनीय शैक्षिक प्रतिनिधिहरूको सहभागितासहित आयोजना हुन लागेको हो। अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानाडा, न्यूजील्याण्ड र युरोपका ५० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू मेला स्थलमै उपस्थित रहनेछन्।

विद्यार्थीहरूले सिधै विश्वविद्यालयका प्रतिनिधिहरूसँग कुराकानी गरी भर्ना प्रक्रिया, छात्रवृत्ति, आवश्यक योग्यताहरू, र अन्य जानकारी प्रत्यक्ष रूपमा पाउने छन्।

मेलामा सहभागी विद्यार्थीहरूले स्पट एडमिशन एसेस्मेन्ट, शतप्रतिशतसम्म छात्रवृत्तिको अवसर, निशुल्क आइएलस् मक टेस्ट, गिफ्ट ह्याम्परहरू, अनुभवी काउन्सेलरबाट निःशुल्क परामर्श र आवेदन सेवा पाउने व्यवस्था गरिएको आयोजक संस्था एजुकेसन ट्री ग्लोबलले जनाएको छ।

१२ कक्षा उत्तीर्ण गरेका, स्नातक तहमा अध्ययन गर्न चाहने, वा २०२५ को इन्टेकलाई लक्षित गरिरहेका विद्यार्थीहरूका लागि यो कार्यक्रम अत्यन्तै उपयोगी हुने बताइएको छ।

कार्यक्रममा अग्रिम दर्ता आवश्यक छैन, र कुनै प्रवेश शुल्क पनि छैन। एजुकेसन ट्री ग्लोबलका अनुसार, 'विदेशमा पढ्न चाहने विद्यार्थीहरूका लागि यो मेला भ्रम अन्त्य गर्ने, स्पष्ट जानकारी दिने र सही गन्तव्यमा डोर्याउने एक भरपर्दो प्लेटफर्म सावित हुनेछ।'

कान्तिपुर

Link copied successfully