मोर्बिडेलीका दुई नयाँ मोटरसाइकल

टी३५२एक्स र टी२५२एक्समार्फत नेपाली राइडरलाई अन्तर्राष्ट्रियस्तरको साहसिक अनुभव दिने लक्ष्यसहित आफूहरू अघि बढेको कम्पनीको भनाइ छ ।

श्रावण २२, २०८२

कान्तिपुर संवाददाता

Two new motorcycles from Morbidelli

काठमाडौँ — मोर्बिडेली नेपालले नाइमा मोबिलिटी एक्स्पोमा आफ्ना टी३५२एक्स र टी२५२एक्स नामक दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।

इटालियन डिजाइन र अत्याधुनिक प्रविधिमा आधारित यी मोटरसाइकल नेपालका भूभाग र सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ ।

टी३५२एक्स र टी२५२एक्समार्फत नेपाली राइडरलाई अन्तर्राष्ट्रियस्तरको साहसिक अनुभव दिने लक्ष्यसहित आफूहरू अघि बढेको कम्पनीको भनाइ छ ।

टी३५२एक्स मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो, जसले चुनौतीपूर्ण भूभागमा समेत उच्च प्रदर्शन र सन्तुलन प्रदान गर्ने कम्पनीले जनाएको छ ।

३४९.२ सीसी ट्विन–सिलिन्डर, ८–भल्भ इन्जिन, ४०.९ एचपी ८५०० आरपीएमलगायत सुविधा यसमा रहेको कम्पनीेले बताएको छ । यसको शोरुम मूल्य ९ लाख ९७ हजार रहे पनि एक्स्पो अफर मूल्य ९ लाख २३ हजार रहेको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully