सामसङको प्रि–अर्डर अफर

सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर २०८२ साउन २२ देखि २९ सम्म खुला रहने घोषणा गरेको छ ।

श्रावण २२, २०८२

कान्तिपुर संवाददाता

Samsung's pre-order offer

काठमाडौँ —  सामसङको ग्लोबल इभेन्ट ग्यालेक्सी अन्प्याकडमार्फत सार्वजनिक गरिएका नयाँ फोल्डेबल स्मार्टफोन अब नेपालमा पनि प्रि–अर्डरका लागि उपलब्ध भएका छन् ।

सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर २०८२ साउन २२ देखि २९ सम्म खुला रहने घोषणा गरेको छ ।

सामसङको अहिलेसम्मकै सबभन्दा पातलो र हलुका फोल्ड, ग्यालेक्सी जेड फोल्ड७ मा अत्याधुनिक डिजाइन, दमदार क्यामरा र ग्यालेक्सी एआईको स्मार्ट फिचर्स समावेश रहेको कम्पनीको दाबी छ ।

प्रि–अर्डर गर्दा सामसङले ग्राहकलाई एक वर्षको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक पटक स्क्रिन ब्रेकेज इन्स्योरेन्स सुविधा दिने घोषणा गरेको छ ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्सको माध्यमबाट ग्राहकले शून्य ब्याजमा सहज किस्ताबन्दी सुविधा पनि पाउने कमपनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully