एक्स्पोका बेला प्रोटोन इमास ७ किन्ने ग्राहकले ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलेज वारेन्टी, २.९९ लाखको नगद छुट, निःशुल्क अटो प्लस बिमालगायत सुविधा ल्याएको कम्पनीले बताएको छ ।
काठमाडौँ — नाइमा मोबिलिटी एक्स्पो २०२५ का अवसरमा प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ प्रविधियुक्त प्रोटोन इमास ७ मा विशेष अफरको घोषणा गरेको छ ।
एक्स्पोका बेला प्रोटोन इमास ७ किन्ने ग्राहकले ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलेज वारेन्टी, २.९९ लाखको नगद छुट, निःशुल्क अटो प्लस बिमालगायत सुविधा ल्याएको कम्पनीले बताएको छ ।
जगदम्बा फाइनान्सिङमार्फत ४ वर्षका लागि शून्य ब्याजदर, इमास असिस्टेन्ट प्लस सेवा पनि रहेको कम्पनीले जनाएको छ ।