देशभरका उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी तथा एजेन्सी म्यानेजरलाई समेटेर तीन दिनसम्म कार्यक्रम आयोजना गरिएको थियो।
काठमाडौँ — जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लिडरसिप एक्सिलेन्स अवार्ड, २०२५ प्राप्त गरेको छ ।
यही साउन १६ देखि १८ सम्म चलेको कार्यक्रम ‘लायन वर्ष : लिड, रोअर, रिपिट’ नाराका साथ सम्पन्न भएको जनाइएको छ ।
कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४ सय ४० एजेन्सी तथा एजेन्सी म्यानेजर र कम्पनीका कर्मचारीको बाक्लो उपस्थिति रहेको कम्पनीले बताएको छ ।
