यस योजनाअन्तर्गत ग्राहकले हुन्डाईका गाडी किन्दा ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बिमा र विशेष छुट प्राप्त गर्नेछन् ।
काठमाडौँ — नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई असम अगस्ट’ योजना सुरु गरेको छ ।
यसमा ग्राहकले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा मोबिलिटी एक्स्पो २०८२ सम्म यो योजना सञ्चालन हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस योजनाअन्तर्गत ग्राहकले हुन्डाईका गाडी किन्दा ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बिमा र विशेष छुट प्राप्त गर्नेछन् । सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
‘हुन्डाई असम अगस्ट’ योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमण छ । विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्ने जनाइएको छ । नाइमा मोबिलिटी एक्स्पोमा हुन्डाई गाडी किन्ने ग्राहक यो लक्की ड्रमा स्वतः सहभागी हुने कम्पनीले जनाएको छ ।
