सिर्जनशील उद्यमी मेला सुरु

महिला सिर्जनशील केन्द्रको आयोजनामा बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा महिला उद्यमी मेला सुरु भएको छ। मेला साउन २५ गतेसम्म चल्नेछ।

श्रावण २२, २०८२

कान्तिपुर संवाददाता

Creative Entrepreneur Fair begins

काठमाडौँ — तीजलाई लक्षित गर्दै आजबाट २२औं डाबर तीज फेस्टिभल तथा सिर्जनशील उद्यमी मेला सुरु भएको छ । उद्योगमन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गरेका हुन् । 

उद्घाटन गर्दै उनले यस मेलाले उद्यमी महिला तथा युवाहरूलाई व्यवसायमा प्रोत्साहन पुग्ने बताएका छन् । उनले आफूले उत्पादन गरेका सामग्रीहरूलाई ग्राहकसम्म पुर्‍याउन यस मेलाले सहयोग पुग्ने समेत बताएका छन् ।

Creative Entrepreneur Fair beginsमहिलाहरूलाई सीपमा दक्ष बनाउँदै उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्नु र प्रविधिमैत्री वातावरण सिर्जना गरेर महिलालाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ मेला आयोजना गरिएको महिला सिर्जनशील केन्द्रकी अध्यक्ष मिलु थापाले बताइन् । उनले मेलामा युवाहरू पनि आकर्षित भएको बताइन् । उनले भनिन्, ‘पहिलाको मेलाभन्दा यो मेलामा युवाहरूको उपस्थिति राम्रो छ, यसले युवाहरू पनि उद्यमशीलतामा अग्रसर छन् भन्ने देखाएको छ ।’

Creative Entrepreneur Fair beginsबालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा सञ्चालन गरिएको मेलामा लत्ताकपडा, कस्मेटिक, चुरा–पोते, गरगहना, विभिन्न परिकारलगायतका सामग्रीहरू राखिएका छन् ।

सिर्जनशील केन्द्रको प्रवर्द्धन, राइजिङ नेपाल प्रालिसँगको सहकार्य तथा इभेन्ट सञ्चार डटकमको व्यवस्थापनमा मेला सञ्चालन गरिएको हो । मेलामा १ सयवटा स्टल रहेको बताइएको छ । हरेक वर्ष हुने गरेको यो मेला साउन २५ गतेसम्म सञ्चालन हुनेछ ।

कान्तिपुर

Link copied successfully