ग्राहकका लागि विशेष अफरसहित जिकर एक्स नाइमा मोबिलिटी एक्स्पोमा ८४ लाख ९९ हजारको सवारी ६९ लाख ९९ हजारमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
काठमाडौँ — पायोनियर मोटो कर्प प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२५ को अवसरमा प्रिमियम इलेक्ट्रिक सवारी जिकर एक्सका लागि विशेष छुट योजना ल्याएको छ ।
नेपालका लागि जिकर ब्रान्डको आधिकारिक वितरक पायोनियरले यस योजनामार्फत नेपाली बजारमा जिकर ब्रान्डका सवारीको उपस्थिति अझ सशक्त बनाउने लक्ष्य राखेको छ । ग्राहकका लागि विशेष अफरसहित जिकर एक्स नाइमा मोबिलिटी एक्स्पोमा ८४ लाख ९९ हजारको सवारी ६९ लाख ९९ हजारमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
एक्स्पोमा जिकर एक्स बुक गर्ने ग्राहकले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी पनि प्राप्त गर्ने कम्पनीले बताएको छ । यस योजनाअन्तर्गत ग्राहकले जिकर एक्स अत्यन्त आकर्षक मूल्यमा सजिलो फाइनान्सिङ र विशेष छुटसहित खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।
