फोटोनको मेगा मनसुन सर्भिस क्याम्प

एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुने यो विशेष पहलमा फोटोन सवारीधनीले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीको सामना गर्न गाडीको आवश्यक मर्मतसम्भार गर्न सक्नेछन् ।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Photon's Mega Monsoon Service Camp

काठमाडौँ — फोटोन टोटल केयरले यही साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प गर्ने भएको छ ।

एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुने यो विशेष पहलमा फोटोन सवारीधनीले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीको सामना गर्न गाडीको आवश्यक मर्मतसम्भार गर्न सक्नेछन् ।

साथै विशेष छुट र थप सेवासमेत पाउन सक्ने कम्पनीले जनाएको छ । ‘मनसुनको भारी वर्षा नजिकिँदै गर्दा अचानक तपाईंको गाडी बिग्रेर हैरानी बेहोर्नुपर्ने अवस्था नआओस् । यसका लागि मेगा मनसुन सर्भिस क्याम्पले सवारीधनीहरूलाई आफ्ना गाडी लिएर सर्भिस सेन्टरमा पुग्ने, विज्ञ सेवा प्राप्त गर्ने र उपलब्ध विशेष छुट तथा सुविधाको फाइदा उठाएर पैसा बचत गर्ने उत्कृष्ट अवसर प्रदान गर्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

फोटोन सवारीमा हुने बम्परदेखि बम्परसम्मको निःशुल्क जाँच मेगा मनसुन सर्भिस क्याम्पको मुख्य आकर्षण रहेको कम्पनीको भनाइ छ । यसअन्तर्गत गाडीका मेकानिकल, इलेक्ट्रिक र स्ट्रक्चरल भागको प्रत्यक्ष निरीक्षण गरिन्छ, जसले गाडी ठीकसँग काम गरिरहेको छ कि छैन र सुरक्षाको दृष्टिले उपयुक्त छ कि छैन भन्ने सुनिश्चित गर्ने कम्पनीले बताएको छ ।

मेगा मनसुन सर्भिस क्याम्पमा स्पेयर पार्ट्स, लेबर चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशत छुट उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully