नाइमामा ‘निसान फेस्टिभ डिल’

योजनाअन्तर्गत कम्पनीले अल न्यु निसान म्याग्नाइटमा विभिन्न आकर्षक सुविधासहितको अफर ल्याइएको कम्पनीले जनाएको छ ।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

'Nissan Festive Deal' at Naima

काठमाडौँ — नेपालका लागि निसान सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नाइमा मोबिलिटी एक्सपो २०२५ का अवसरमा निसान फेस्टिभ डिल योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत कम्पनीले अल न्यु निसान म्याग्नाइटमा विभिन्न आकर्षक सुविधासहितको अफर ल्याइएको कम्पनीले जनाएको छ ।

‘हामीले नाइमा एक्स्पोमा आगामी चाडपर्वलाई ध्यानमा राखी यो योजना ल्याएका हौं,’ कम्पनीका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाले भने, ‘यो अफर एक्सपोपछि चाडपर्व अवधिभर जारी रहनेछ ।’

ग्राहकका लागि आकर्षक नगद छुट, एक्स्पो विशेष छुट, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, तीन वर्षको वारेन्टी, एक वर्षको निःशुल्क बिमा, निःशुल्क रोड कर र ६ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्टमा म्याग्नाइट खरिद गर्न सकिने कम्पनीले बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully