एपीएफसँग सहकार्य गर्दै केल्मी

नेपाल एपीएफका खेलाडी, प्रशिक्षक तथा सदस्यहरूलाई केल्मीका विक्री केन्द्रबाट २० देखि २५ प्रतिशतसम्म छुट पाउनेछन् ।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Kelmi in collaboration with APF

काठमाडौँ — सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय अन्तर्गतको नेपाल एपीएफ क्लब र केल्मी स्पोर्ट्स प्रोडक्ट्स कम्पनी लिमिटेडबीच ५ वर्षे अवधिका लागि खेल पोसाक र खेल सामग्रीमा छुट सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

त्रिभुवन आर्मी, नेपाल पुलिससँग र राष्ट्रिय टिमहरूसँग पनि सहकार्य गर्दै आएको केल्मीले सन् २०१९ देखि केल्मीले एपीएफसँग सहकार्य गर्दै आएको छ। नेपाल एपीएफ क्लब परिसरमा आयोजित एक समारोहमा नेपाल एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिम्सिना र कामारु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतामा हस्ताक्षर गरे । सम्झौता अनुसार नेपाल एपीएफ क्लबले फुटबल, भलिबल महिला र पुरुषका साथै उमेर समूहमा यू -१६, यू १८ फुटबल (पुरुष), ग्रासरूट फुटबल र ब्याडमिन्टन खेलमा प्रायोजन गरिएको हो ।

सम्झौता अनुसार सशस्त्र प्रहरी बल, नेपालका बहालवाला कर्मचारी, भूतपूर्व कर्मचारी, सहिद परिवार, नेपाल एपीएफ स्कूल, सशस्त्र प्रहरी परिवार महिला संघ, र नेपाल एपीएफ क्लबमा आवद्ध खेलाडी, प्रशिक्षक तथा सदस्यहरूलाई देशभरका केल्मी नेपालका विक्री केन्द्रहरूबाट २० देखि २५ प्रतिशत छुट पाउने छन् ।

समारोहमा सशस्त्र प्रहरी बलका अधिकृतहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू, र सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। यो सम्झौता सन २०३० अगष्ट ४ तारिखसम्म कायम हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully