सहरी सडकदेखि अफ–रोड यात्रासम्म सहज बनाउन तयार पारिएको जेइको जे–५ ले उत्कृष्ट डिजाइन, प्रदर्शन र लक्जरीको सम्मिश्रण प्रस्तुत गरेको दाबी गरिएको छ ।
काठमाडौँ — एसपीजी अटोमोबाइल्स प्रालिले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा प्रिमियम एसयूभी ‘जेइको जे–५’ सार्वजनिक गरेको छ ।
कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा र जेइको लाइनअपसँगै नयाँ जे–५ ले नेपाली बजारमा नयाँ प्रिमियम एसयूभीहरू ल्याएको बताएको छ । सहरी सडकदेखि अफ–रोड यात्रासम्म सहज बनाउन तयार पारिएको जेइको जे–५ ले उत्कृष्ट डिजाइन, प्रदर्शन र लक्जरीको सम्मिश्रण प्रस्तुत गरेको दाबी गरिएको छ ।
रेन्ज रोभरबाट प्रेरित डिजाइन, १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, १८–इन्च स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेसजस्ता बेस्ट–इन–क्लास विशेषताले यसलाई नेपाली उपभोक्ताका लागि एक विशेष विकल्प बनाएको कम्पनीले जनाएको छ ।
नाइमा एक्स्पो विशेष अफरअन्तर्गत जेइको जे–५ को मूल्य एमआरपी ६० लाख ९९ हजार तोकिएको भए तापनि ग्राहकले ५६ लाख ९९ हजारमा बुकिङ गर्न सक्ने कम्पनीको भनाइ छ ।
