बीवाईडीले ल्यायो अल–न्यु बीवाईडी एट्टो १

विश्वव्यापी रूपमा बीवाईडी सिगल, बीवाईडी डल्फिन मिनी अथवा डल्फिन सर्फ भनिने बीवाईडी एट्टो १ नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बनेर कम्पनीको दाबी छ

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

BYD has launched the all-new BYD Atto 1

काठमाडौँ — नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो १ सार्वजनिक गरेको छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरिएको यो गाडीले दिगो र पहुँचयोग्य मोबिलिटीतर्फ बीवाईडीको लगातार प्रतिबद्धतालाई प्रतिबिम्बित गर्न कम्पनीले जनाएको छ ।

विश्वव्यापी रूपमा बीवाईडी सिगल, बीवाईडी डल्फिन मिनी अथवा डल्फिन सर्फ भनिने बीवाईडी एट्टो १ नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बनेर कम्पनीको दाबी छ । वर्ल्ड कार अवार्ड्समा वर्ल्ड अर्बन कार अफ द इयर २०२५ को उपाधि प्राप्त गरेको यो गाडीले मूल्य, सुरक्षा र नवप्रवर्तनको क्षेत्रमा आफूलाई एक कदम अगाडि बढाएको कम्पनीले बताएको छ ।

नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी एट्टो १ ईभी उपलब्ध हुनेछन् । डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिन्छ ।

प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३ सय किलोमिटरको डब्लूएलटीपी रेन्ज दिने कम्पनीको भनाइ छ । यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully