बजाजको चेतक ३५०१

चेतक ३५०१ ले एक पटक चार्ज गर्दा १ सय ५३ किमिको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यो नेपालका सहरी र ग्रामीण भूगोलका लागि उत्कृष्ट छ ।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Bajaj's Chetak 3501

काठमाडौँ — दुईपांग्रे र तीनपांग्रे सवारीसाधन निर्माता कम्पनी बजाज अटो लिमिटेडले नेपालमा अत्याधुनिक विद्युतीय स्कुटर चेतक ३५०१ को घोषणा गरेको छ ।

चेतक ३५०१ ले एक पटक चार्ज गर्दा १ सय ५३ किमिको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यो नेपालका सहरी र ग्रामीण भूगोलका लागि उत्कृष्ट रहेको कम्पनीले बताएको छ ।

यसको फास्ट चार्जिङ प्रविधिले प्रयोगकर्तालाई थप सहजता प्रदान गर्ने पनि कम्पनीको भनाइ छ । स्कुटरलाई ३ घण्टामै ८० प्रतिशत चार्ज गर्ने कम्पनीले जनाएको छ । पूर्ण मेटल बडी र आईपी ६७ वाटर–रेसिस्टेन्ससहितको चेतक ३५०१ ले नेपालको विविध मौसममा पनि भरपर्दो प्रदर्शन गर्ने कम्पनीको दाबी छ ।

यसको नयाँ फ्लोरबोर्ड ब्याट्री डिजाइनका कारण ३५ लिटरको अन्डर–सिट स्टोरेजले स्पेस र कम्फर्ट दुवै बढाउने कम्पनीले बताएको छ ।

कान्तिपुर

Link copied successfully