सानिमा बैंकले विपन्न महिलाको उपचारमा सहयोग गर्ने

आगामी एक वर्षका लागि सानिमा बैंकले विपन्न महिलाहरूको उपचार गर्न पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

Sanima Bank to assist in the treatment of underprivileged women

काठमाडौँ — सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने गरी सम्झौता भएको छ। सम्झौता पत्रमा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार आगामी एक वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ। बैंकले २०७४ सालदेखि विपन्न महिलाहरूको उपचारका लागि उक्त अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ ।

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ खोले बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँका दरले नारी राहत कोषमा रकम जम्मा गर्दै आएको छ। उक्त कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पतालमार्फत विपन्न नारीहरूको उपचारमा सहयोग गर्दै आएको बैंकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully