प्रिभिलेज कार्डले सक्रिय ग्राहकहरूलाई होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्म छुट दिनेछ।
काठमाडौँ — डिसहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको छ । प्रिभिलेज कार्डले सक्रिय ग्राहकहरूलाई होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्म छुट दिनेछ।
यो कार्ड ‘माई डिसहोम’ मोबाइल एपमार्फत उपलब्ध छ, जसलाई प्रयोग गरी ग्राहकहरूले नेपालभरका विभिन्न ब्रान्ड तथा आउटलेटहरूमा छुट प्राप्त गर्न सक्नेछन्। सुरुआती चरणमा १० ब्रान्डका ३५ आउटलेट कार्ड नेटवर्कमा समावेश छन् ।
डिसहोमका सीईओ तारा मानन्धरका अनुसार, यो सेवा इन्टरनेट र टेलिभिजनबाहेक ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्याउने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
डिसहोमले आगामी महिनाहरूमा प्रिभिलेज कार्ड सेवा १०० भन्दा बढी ब्रान्डसम्म विस्तार गर्ने योजना बनाएको छ।
