एनआईसी एसिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट

ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंक एप प्रयोग गरेर फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुटको सुविधा लिन सक्नेछन् ।

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

10 percent discount at Frontline Hospital for NIC Asia Bank customers

काठमाडौँ — एनआईसी एसिया बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरूमा १० प्रतिशत छुट पाउने भएका छन्। सम्झौता पत्रमा बैंकका डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र फ्रन्टलाइन हस्पिटलका क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन्।

सम्झौतासँगै बैंकका ग्राहकले पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिँदा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउन सक्नेछन्।

छुट सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

फ्रन्टलाइन हस्पिटलसँगको यो सहकार्यले बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully