पोखरामा यती एयरको ‘वुमन विथ द विङ्स’ 

प्रतियोगितामा सहभागी युवतीले व्यक्तिगत अनुभव, सामाजिक सोच र भविष्यप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै सशक्त रूपमा अभिव्यक्ति दिएका थिए ।

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

Yeti Air's 'Woman with the Wings' in Pokhara

काठमाडौँ — मिस नेपाल २०२५ का सहभागीबीच यती एयरलाइन्सले ‘वुमन विथ द विङ्स’ प्रतियोगिता गरेको छ । आत्मविश्वास, प्रस्तुतिको शैली, विचारशीलता र प्रेरणादायक व्यक्तित्वका आधारमा प्रतियोगितामा २६ जना प्रतिस्पर्धीले आ–आफ्नो प्रतिभा प्रस्तुत गरे ।

‘वुमन विथ द विङ्स’ सबटाइटल आत्मविश्वासी, सक्षम र प्रेरणादायी महिलाको पहिचानका लागि यती एयरलाइन्सले प्रदान गर्ने सम्मान हो,’ एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा सहभागी युवतीले व्यक्तिगत अनुभव, सामाजिक सोच र भविष्यप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै सशक्त रूपमा अभिव्यक्ति दिएका थिए । प्रतियोगिताको नतिजा आगामी भदौ १४ मा हुने मिस नेपाल २०२५ को ग्रान्ड फिनालेमा सार्वजनिक गरिने जनाइएको छ । 

कान्तिपुर

Link copied successfully