ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि–अर्डर 

ग्यालेक्सी जेड फ्लिप७ स्मार्ट एआई फिचरसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक रहेको जनाइएको छ ।

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

Galaxy Z Fold7 and Z Flip7 pre-orders

काठमाडौँ — सामसङ नेपालले अत्याधुनिक ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ : अल्ट्रा–पातलो, हलुका र इन्ट्युटिभ इन्टेलिजेन्ससहितका नयाँ फोल्डेबल स्मार्टफोनको प्रि–अर्डर खुलाएको छ ।

ग्यालेक्सी जेड फोल्ड७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामरा कार्यक्षमता र एआई प्रविधिलाई एकसाथ ल्याएको कम्पनीको दाबी छ ।

‘यो डिभाइसले अल्ट्रा–स्मार्टफोनका रूपमा प्रिमियम प्रदर्शन प्रदान गर्छ भने खोल्नेबित्तिकै ठूलो र इमर्सिभ डिस्प्लेमार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गर्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ग्यालेक्सी जेड फ्लिप७ स्मार्ट एआई फिचरसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक रहेको विज्ञप्तिमा जनाइएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully