फर्च्युन ग्लोबलको सूचीको ९१ औं स्थानमा बीवाईडी 

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

BYD ranked 91st on Fortune Global's list

काठमाडौँ — बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१ औं स्थानमा परेको छ । सूचीमा रहेका ५ सय कम्पनीमध्ये चिनियाँ अटोमेकर बीवाईडी पहिलो पटक शीर्ष १०० भित्र परेको कम्पनीको दाबी छ ।

सन् २०२२ यता बीवाईडी फर्च्युन ग्लोबलको सूचीमा लगातार पर्दै आएको कम्पनीले जनाएको छ । ‘गत वर्ष बीवाईडीले आफ्नो ग्रोथमा अप्रत्याशित उछाल देखाएको थियो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बीवाईडीका चार उद्योगको व्यापार चम्किएको थियो ।’

बीवाईडीले गत वर्ष ४२ लाख ७० हजार युनिट न्यु इनर्जी भेहिकल बेचेको कम्पनीको दाबी छ । 

कान्तिपुर संवाददाता

Link copied successfully