कम्पनी सञ्चालक समिति बैठकको निर्णयानुसार क्यापिटलको नवौं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।
काठमाडौँ — एनआईसी एसिया क्यापिटल लिमिटेडले चुक्ता पुँजीको ५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनी सञ्चालक समिति बैठकको निर्णयानुसार क्यापिटलको नवौं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो । क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोगमार्फत ग्राहकमाझ पुर्याउन ‘अब लाइनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने नाराका साथ अगाडि बढेको पनि बताएको छ ।
