इस्लिंग्टन कलेजद्वारा २६१ उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति

२६१ उत्कृष्ट विद्यार्थीलाई झन्डै ७ करोडको छात्रवृत्ति पुरस्कार वितरण गरिएको इस्लिंग्टन कलेजले जनाएको छ ।

श्रावण १६, २०८२

कान्तिपुर संवाददाता

Scholarships to 261 outstanding students by Islington College

काठमाडौँ — इस्लिंग्टन कलेजले शैक्षिक सत्र २०२५ का लागि ‘एएए छात्रवृत्ति’ वितरण गरिएको छ । प्राज्ञिकता, उपस्थिति/हजिरी  र आचरणलाई एकै सूत्रमा बाँधी उत्कृष्टता प्रदर्शन गर्ने २६१ विद्यार्थीलाई पुरस्कृत गरिएको हो।

कलेजका अनुसार यस संस्करणमा छात्रवृत्तिका लागि विद्यार्थीहरूको उत्साहजनक सहभागिता रह्यो भने छनोट प्रक्रिया पनि अत्यन्त प्रतिस्पर्धात्मक भएको थियो। अन्ततः झन्डै ७ करोड रुपैयाँ बराबरको छात्रवृत्तिका लागि योग्यताका आधारमा विद्यार्थीहरू छानिएको कलेजले जनाएको छ ।

छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा शत प्रतिशत छुट दिँदै विद्यार्थीहरूलाई सम्पूर्ण शैक्षिक वर्षभर उत्कृष्ट अध्ययन, अनुशासन र सहभागिताका लागि प्रेरित गर्नु रहेको कम्पनीले जनाएको छ ।

कलेजले यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीका लागि आफ्ना क्षमता र प्रतिभा प्रदर्शन गर्ने एक उत्कृष्ट अवसरको रूपमा स्थापित भएको बताएको छ। विद्यार्थीहरूलाई विविध क्रियाकलापमा संलग्न गराउँदै समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास कलेजले लिएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully