सीएनआईको युवा उद्यमी मञ्चको अध्यक्षमा मनिष श्रेष्ठ

निवर्तमान अध्यक्ष आशिष अग्रवालले नवनिर्वाचित अध्यक्ष एवं काजी स्टुडियोका संस्थापक श्रेष्ठलाई सपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गरे।

श्रावण १६, २०८२

कान्तिपुर संवाददाता

Manish Shrestha as the President of CNI's Youth Entrepreneurs Forum

काठमाडौँ — नेपाल उद्योग परिसंघ (सीएनआई)युवा उद्यमी मञ्चको अध्यक्षमा मनिष श्रेष्ठ चयन भएका छन् । शुक्रबार पोखरामा भएको मञ्चको वार्षिक साधारण सभाले सन् २०२५-२०२६ का लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।

काजी स्टुडियोका संस्थापक श्रेष्ठ विगत चार वर्षदेखि मञ्चमा आबद्ध छन् । मञ्चका निवर्तमान अध्यक्ष आशिष अग्रवालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गरे ।

श्रेष्ठको कार्यसमितिमा सुगम घिमिरे (लर्निङ चेयर), पुनति अग्रवाल (मेम्बर इन्टिग्रेसन चेयर), नदिका दुगड मल्ल (ग्रोथ एण्ड एक्सपान्सन चेयर), यश अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (इन्टरनेसनल रिलेसन्स चेयर), चार्यग सरावगी (स्टार्टअप चेयर), सायनी खेतान (नेटवर्क एण्ड कम्युनिकेसन चेयर) र सुजीत रेग्मी (स्टार्टअपको–चेयर) चयन भएका छन् । 

मञ्चको वार्षिक साधारण सभामा सबैभन्दा सक्रिय सदस्यको अवार्ड सुदयकान्त झाले पाए । सबैभन्दा बढी सदस्यता वृद्धि गर्ने मञ्चको लुम्बिनी च्याप्टरलाई अवार्ड दिइएको छ । मञ्चबाट सार्क ट्यांक नेपाल कार्यक्रममा सहभागी हुने मनिष श्रेष्ठ, सुजित रेग्मी र अरुण अग्रवाललाई 'टोकन अफ लभ' प्रदान गरिएको थियो।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसंघको युवा संगठन हो। मञ्चले युवा उद्यमीहरूलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully