कजारियाले तीन हजारभन्दा बढी डिजाइनका टायल उपलब्ध गराउँदै आएको छ ।
काठमाडौँ — कजारिया टायल्सले काभ्रेस्थित बनेपामा अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ । बनेपा मार्भल प्यालेसद्वारा सञ्चालित उक्त शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो माग पूरा गर्ने लक्ष्य राखेको छ ।
बनेपाको प्रमुख क्षेत्र उग्रचण्डी पेट्रोल पम्प पछाडि अवस्थित यो नयाँ शोरूमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्ने कजारिया रामेश टाइल्स लिमिटेडले जनाएको छ। 'ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू स्थापित गर्ने आफ्नो मिसनलाई निरन्तर अघि बढाउँदै, नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्व बलियो बनाउँदैछ।'
टायल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको कम्पनीले दाबी गरेको छ। विश्वस्तरीय मापदण्डअनुसार तयार गरिएका र अत्याधुनिक प्रविधिद्वारा निर्मित कजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै तीन हजारभन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराएको जनाएको छ।
