सामसङले ग्यालेक्सी वाच८ सिरिजको मूल्य ५४ हजार ९९९ देखि ७४ हजार ९९९ रुपैयाँसम्म तोकेको छ ।
काठमाडौँ — सामसङले स्मार्टवाच ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ। यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको जनाएको छ।
दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको सामसङको दाबी छ।
ग्यालेक्सी वाच८ क्लासिकको मूल्य ७४ हजार ९९९ रुपैयाँ तोकिएको छ। ग्यालेक्सी वाच८ को ४० एमएम साइजको मूल्य ५४ हजार ९९९ रुपैयाँ र ४४ एमएम साइजको ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ।
‘ग्यालेक्सी वाच८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्र्याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेन्सरसहित जडित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो स्टाइलिस मात्रै होइन, हातमा लगाउँदा झर्को पनि लाग्दैन, एकदमै सहज लाग्छ।’
सामसङ हेल्थ जस्ता एपहरूबाट अपडेट पाउने, मेसेज पठाउने वा व्यायाम सुरु गर्ने जस्ता सबै काम स्वाभाविक आवाज आदेशमार्फत हात नचलाइकनै गर्न सकिने सामसङले जनाएको छ। ग्यालेक्सी वाच८ सिरिजले आफ्नो सुलभ र आकर्षक डिजाइनमार्फत उत्कृष्ट पहिचान बनाउने कम्पनीको दाबी छ।
