'इन्स्ट्यान्ट इएमआई' सुविधाले घरायसी सामान, इलेक्ट्रोनिक्स, ग्याजेट तथा यात्रा सेवाहरूमा सहज भुक्तानी विकल्प दिनेछ ।
काठमाडौँ — नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले नेपालमै पहिलोपटक 'इन्स्ट्यान्ट इएमआई' सेवा दिने भएको छ । एनआईएमबीका क्रेडिट कार्ड प्रयोगकर्ताले कुनै पनि व्यापारिक स्थलमा बैंकको पीओएस मेसिनमार्फत भुक्तानी गर्दा सोही क्षणबाट मासिक किस्ताबन्दीमा रकम तिर्न सक्नेछन्।
बैंकका अनुसार यो सुविधा ग्राहकले छुट्टै आवेदन प्रक्रिया वा प्रतीक्षा नगरी तुरुन्तै उपयोग गर्न सक्नेछ। यसमार्फत ग्राहकले ठूला खर्चहरूलाई सानो-सानो मासिक किस्तामा विभाजन गरेर सहज रुपमा भुक्तानी गर्न सक्नेछन्।
एनआईएमबीले यो सेवा ग्राहकलाई आर्थिक लचिलोपन दिने उद्देश्यले ल्याएको बताएको छ। 'इन्स्ट्यान्ट इएमआई' सुविधाले घरायसी सामान, इलेक्ट्रोनिक्स, ग्याजेट तथा यात्रा सेवाहरूमा सहज भुक्तानी विकल्प दिनेछ ।
सुविधा सरल प्रक्रिया मार्फत स्वचालित रूपमा सुरु हुने भएकाले यसले डिजिटल बैंकिङप्रतिको ग्राहकको विश्वास बढाउने विश्वास बैंकले लिएको छ। एनआईएमबीले देशभर २७५ शाखा, २६५ एटीएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ काउण्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।
