एनआईसी एशिया बैंकका ग्राहकलाई लेट मेइनका विभिन्न सेवामा छुट

लेट मेइनको विभिन्न सेवामा १० प्रतिशत र कोरियन उत्पादनहरूमा ८ प्रतिशत छुट पाइनेछ ।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

NIC Asia Bank customers get discounts on various late-main services

काठमाडौँ — एनआईसी एशिया बैंकका ग्राहकलाई कोरियन स्किन हस्पिटल लेट मेइनका विभिन्न सेवामा छुट दिने गरी सम्झौता भएको छ। सम्झौता अनुसार, बैंकका ग्राहकले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।

ग्राहकले लेट मेइनले उपलब्ध गराएका हेयर ट्रान्सप्लान्ट, फेसियल, एन्टि-एजिङ ट्रिटमेन्ट, स्कार ट्रिटमेन्ट लगायतका विभिन्न सेवामा १० प्रतिशत र कोरियन उत्पादनहरूमा ८ प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

छुट सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

लेट मेइनसँगको सहकार्यले ग्राहकलाई विशेष छुट उपलब्ध गराउनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले जनाएको छ।

कान्तिपुर

Link copied successfully