काठमाडौंदेखि जोमसोम, भेरे, धो तराप हुँदै ज्याङला पाससम्म पुगेको हो ।
काठमाडौँ — होन्डा डिओ १२५ स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङला पास (उपल्लो डोल्पा) सम्मको यात्रा सफलतापूर्वक पूरा गरेको छ । नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनीको सहकार्यमा होन्डा डिओ १२५ स्कूटरमार्फत ऐतिहासिक यात्रा गर्दै कीर्तिमानी कायम गरेको स्याकार ट्रेडिङ कम्पनीले दाबी गरेको छ ।
शहरी यात्राका लागि डिजाइन गरिएको स्कुटरले हिमाली भूपरिधिमा देखाएको प्रदर्शनले नेपाली मोटरिङ इतिहासको परिभाषा पुनः लेखेको स्याकारले जनाएको छ । काठमाडौंदेखि जोमसोम, भेरे, धो तराप हुँदै ज्याङला पाससम्म पुग्ने यो यात्रा साहसिक मात्र नभई, कठिन भौगोलिक तथा प्राविधिक चुनौतीहरूले भरिएको थियो। लगातार उकालो, ढुंगे बाटो, खोला र बगर पार गर्दै, अक्सिजनको न्यूनताबीच होन्डा डिओ १२५ ले कुनै ठूलो यान्त्रिक समस्या विना यात्रा सम्पन्न गर्न सफल स्याकारको दाबी छ ।
कम्पनीका अनुसार यो सफलता स्कूटरमा प्रयोग गरिएका अत्याधुनिक प्रविधिको प्रतिफल हो। १२३.९२ सीसी बीएस सिक्स इन्जिन, ईएसपी, एसीजी साइलेंट स्टार्ट, आइडलिङ स्टप प्रणाली, र कम्बाइन्ड ब्रेकिङ सिस्टमजस्ता फिचरले स्कूटरलाई उच्च उचाइमा पनि सहज र भरपर्दो बनाएको हो। साथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, थ्री-स्टेप एड्जस्टेबल रियर सस्पेन्सन, डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट, र ठूलो बुट स्पेस जस्ता विशेषताहरूले लामो यात्रा सहज बनाएको टोलीले जनाएको छ।
