एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्री प्रिमियरमा छुट

आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतसम्म छुट

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

Discount on Lemon Tree Premier for NIC Asia Bank customers

काठमाडौँ — एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकतर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका महाप्रबन्धक मनोज कुमार थापाले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार बुढानीलकण्ठस्थित लेमोन ट्री प्रिमियरमा बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा विभिन्न सेवामा विशेष छुट पाउनेछन्।

ग्राहकले आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुट सुविधा प्राप्त गर्न ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ, वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

कान्तिपुर

Link copied successfully