हुलास स्टिल उद्योगद्वारा उत्कृष्ट कर्मचारीहलाई सम्मान

श्रावण १३, २०८२

कान्तिपुर संवाददाता

Awarded to Outstanding Employees by Hulas Steel Industry

काठमाडौँ — हुलास स्टिल उद्योग लिमिटेडले संस्थापकको ७२औं जन्मजयन्तीको अवसरमा देशभरका आफ्ना शाखा कार्यालयहरूमा विविध सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम गरेको छ।

कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंमा तथा मुख्य कारखाना सिमरा, बारा जिल्लामा रहेको यस उद्योगले जन्मजयन्तीको अवसरलाई सामाजिक सेवामा समर्पित गर्दै एकैसाथ देशका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर, कर्मचारी सम्मान, वृक्षारोपण तथा विद्यालय र वृद्धाश्रममा भोजन वितरणजस्ता कार्यक्रम सञ्चालन गरेको हो।

स्वास्थ्य शिविरमार्फत स्थानीय बासिन्दाहरूलाई स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्श प्रदान गरिएको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मानित गरिएको छ। वातावरण संरक्षणका लागि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको छ। साथै, सामुदायिक सेवाको भावनासहित स्थानीय विद्यालय र वृद्धाश्रममा भोजन सेवा उपलब्ध गराइएको छ।

हुलास स्टिल उद्योगले यस्ता कार्यक्रमहरू सञ्चालन गरेर संस्थापकप्रति श्रद्धा व्यक्त गर्नुका साथै सामाजिक उत्तरदायित्वमा आफू निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेको छ।

कान्तिपुर

Link copied successfully