काठमाडौँ — वायर तथा केबल उद्योग लिट्मस इन्डस्ट्रीजले उत्कृष्ट डिलरहरूलाई सम्मान गरेको छ । राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स, लिट्मस एक्सिलेन्स अवार्डसहित १० विधामा देशभरका उत्कृष्ट डिलरलाई सम्मान गरेको जनाएको छ ।
लिट्मस्ले आफ्नो तेस्रो ‘पावर पार्टनर्स मिट २०८२’ काठमाडौंमा सम्पन्न गरेको छ । पार्टनर्स मिटमा देशभरबाट करिब २०० जना डिलर, वितरक तथा च्यानल पार्टनर सहभागी भएको थियो ।
लिट्मसले आफ्नो पाँच दशक लामो यात्रा, वर्तमान बजार उपस्थिति, प्रमुख उपलब्धि र भावी योजना प्रस्तुत गर्दै गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ ।
