काठमाडौँ — क्याम्ब्रिज युनिभर्सिटी प्रेस एन्ड एसेसमेन्ट अन्तर्गतको इन्टरनेसनल एजुकेसन समूहले दक्षिण एसियामा एकहजार भन्दा बढी क्याम्ब्रिज इन्टरनेसनल स्कुलमा आफ्नो उपस्थिति कायम गरेको घोषणा गरेको छ।
नेपालमा क्याम्ब्रिज शिक्षाको माग अभिभावकको अन्तर्राष्ट्रिय स्तरको शिक्षाप्रतिको बढ्दो रुचिका कारण तीव्र गतिमा बढ्दो छ। विद्यालयहरूले ३ देखि १९ वर्षसम्मको लचिलो र विश्वस्तरीय पाठ्यक्रम, जिज्ञासामा आधारित सिकाइ पद्धति, र शिक्षकहरूका लागि व्यावसायिक विकास अवसरका कारण क्याम्ब्रिज रोज्न थालेका छन्।
क्याम्ब्रिजका अनुसार सन् २०२४ मा अहिलेसम्मकै धेरै विद्यार्थीहरूले क्याम्ब्रिज परीक्षा दिएका छन्। विद्यालयहरूको शैक्षिक पात्रो अनुसार परीक्षण तालिका मिलाउन सहयोग पुगोस् भनेर क्याम्ब्रिजले सन् २०२६ देखि नयाँ तेस्रो चेक प्वइन्ट सिरिज सुरु गर्ने तयारी समेत गरेको छ।
क्याम्ब्रिजका दक्षिण एसियाका सीनियर भाइस प्रेसिडेन्ट विनय शर्माले एक हजार विद्यालय पुग्नु नवप्रवर्तन र उत्कृष्टताको प्रतिबिम्ब भएको बताए ।
