सूर्यज्योति लाइफ इन्स्योरेन्सको  नेटवर्थ ६ अर्ब २८ करोड पग्यो

सूर्यज्योति लाइफ इन्स्योरेन्सको जारी बीमालेख संख्या ३४ लाख पुग्यो

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

Suryajyoti Life Insurance's net worth reached 6 billion 28 crores

काठमाडौँ — सूर्यज्योति लाइफ इन्स्योरेन्सको नेटवर्थ ६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । सूर्यज्योतिको  चुक्ता पूँजी ५अर्ब १ करोड र कुल लगानी ४६ अर्ब रुपैयाँ पुगेको जनाएको छ । 

जीवन बीमाकोष ४२ सय करोड रुपैयाँ, जारी बीमालेख संख्या ३४ लाख, प्रशिक्षित अभिकर्ता संख्या १ लाख ३ हजार ७३८ रहेकको सूर्यज्योतिले जनाएको छ । देशभर रहेका १७३ शाखाद्वारा सेवा दिइरहेको कम्पनीले जनाएको छ । 

बीमा क्षेत्रमै सर्वाधिक ३५ घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी बन्न पनि सफल भएको सूर्यज्योतिको दाबी छ । 

हालै  सूर्यज्योति करिब २०० जना कर्मचारीहरुको उपस्थितिमा आयोजित सेल्स कन्भेन्सन २०८२ सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८२/८३ का लागि वि क्यान थिमलाई मूलमन्त्रका रुपमा आत्मसात गर्दै सम्पूर्ण कर्मचारीहरु एक जुट भएर लक्ष्य प्राप्तिका लागि अघि बढ्ने जनाएको छ । 

कार्यक्रममा बेस्ट इम्पोई अफ द इयर अन्तर्गत ५ विधामा क्रमशः प्रदेश प्रमुख बाट प्रदेश ७ का प्रमुख मोहन पुरी, रिजनल म्यानेजर अन्तर्गत सू.प. हिल बाट राम प्रसाद उपाध्याय, ब्रान्च म्यानेजर अन्तर्गत दैलेख ब्रान्च बाट रबिन्द्र प्रसाद शर्मा, ब्रान्च अपरेशन अन्तर्गत नयाँबानेश्वोर शाखा बाट सन्जय सुन्दास र सेल्स एक्जुकेटिव अन्तर्गत बुटवल पाल्पारोड शाखा बाट सन्तोष ज्ञवाली छन् । 

कान्तिपुर

Link copied successfully