काठमाडौँ — सानिमा बैंकले अन्तरबैंक टेलर क्यूआर सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ प्रविधिका नयाँ अनुभव महसुस गरी ग्राहकलाई सरल र सहज रूपमा सुविधा लिने उद्देश्यले सानिमा बैंकले फोनपेसँगको सहकार्यमा बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याएको हो ।
यस सेवाअन्तर्गत ग्राहकले फोनपे नेटवर्कमा आबद्घ अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सक्नेछन् ।
यो सेवाले दुर्गम स्थानका शाखामा सीमित एटीएम पहुँच भएका ग्राहकलाई आपत्कालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ । अन्य सेवा शुल्क अनलाइन शुल्क/एफसीआई सटही भुक्तानीका लागि पनि उपयोगी हुने बैंकले जनाएको छ ।
