काठमाडौँ — सिद्धार्थ बैंकका ग्राहकले सारंग हेल्थ केयर प्रालिका विभिन्न सेवामा छुट पाउने भएका छन् । सिद्धार्थ बैंक र सारंग हेल्थ केयरबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बखुन्डोल, ललितपुरमा रहेको उक्त हेल्थ केयरमा सिद्धार्थ बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी क्लिनिकल सेवाको भुक्तानी गर्दा ५ प्रतिशत र ल्याबोरेटरी सेवाको भुत्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकलाई छुटको व्यवस्थाका साथै डिजिटल कारोबारमा उत्प्रेरित गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको बैंकले बताएको छ ।
